FAQs Complain Problems

नक्शा पासका लागि आवश्यक कागजातहरु यस प्रकार रहेका छन ।

नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१. जागा धनी प्रमाणपत्र ( प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि ।

२. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि ।

३. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि ।

४. कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्शा (ब्लु प्रिन्ट) र ट्रेस नक्शा ।

५. पास गरिने नक्शाको फोटोकपी वा ब्लुप्रिन्ट (डिजाईनर र नक्शावालाको हस्ताक्षर सहित) ।

६. जग्गा धनीको फोटो - ५ वटा  ।

पुन: निर्माण गर्न आवश्यक कागजातहरु

१. नापी नक्शामा देखिएको तर नक्शा पास नभएको खण्डमा Existing Building को भुई तल्ला प्लान चार तिरको एलिभेसन र साइट पेश गर्नुपर्नेछ ।

२. कागजातको हकमा नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ ।

तल्ला थप गर्न आवश्यक कागजातहरु

१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी ।

२. चालु आर्थिक बर्षसम्मको घर जग्गा कर तिरेको रसिदको प्रतिलिपि ।

३. अरु कागजातको हकमा नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ ।

भवन निर्माण सम्पन्नको लागि अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी ।

२. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि ।

३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि ।

४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि ।

५. निर्माण भएको भवनको चारै तिर बाट खिचेको फोटो ।

६. निबेदन ।

७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति ।

८. रेकड फाईल ।

नक्शा नामसारीको लागि अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको सक्कलै र फोटोकपी ।

२. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि ।

३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि ।

४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि ।

५. लिखत राजीनामाको फोटोकपी ।

६. निबेदन ।

७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति ।

८. रेकड फाईल ।

नक्शावालाले ध्यान दिनुपर्ने कुरा

नक्शा पास प्रक्रिया-प्लीन्थ लेभल निरीक्षण र सोभन्दा माथि धुरिसम्मको गरी दुई चरणमा गर्नुपर्नेछ ।

१. प्राबिधिक निरीक्षण (सर्जमिन गर्ने बेलासम्ममा नक्शा वालाले आफ्नो जग्गाको साँध सिमाना प्रष्ट हुने गरी हरेक Intersection Point मा Concrete Pole अथवा 9” ×  9” को प्रष्ट देखिने गरि इट्टाको गारो निर्माण गरिसक्नुपर्नेछ ) ।

२. साविकदेखि चलि आएको पानी र ढल निकास बन्द गर्नपाईने छैन, ढल निकासको लागि आवश्यक भएमा आफ्नो जग्गाबाट पनि ढल पाइप लैजान दिनुपर्नेछ ।

३. निर्माण कार्य सम्पन्न भएपछि भौतिक सुबिधाहरु(धारा,बिजुली,आदि) जडान गर्न लागि “निर्माण कार्य सम्पन्न प्रमाणपत्र” लिनु पर्ने भएकोले सो कार्य सम्पन्न प्रमाणपत्र लिन नगरपालिकालाई सम्पर्क राख्नु पर्नेछ ।

४. पास भएको नक्शा बिपरित निर्माण गरेमा साविक बमोजिन पाउने भौतिक सुविधाबाट वन्चित हुने र साथै कुनै पनि समय भत्काउने कारवाही हुनेछ । साथै पास नक्शा समेत रद्ध गर्न सकिने छ ।