अपडेट
सोलुदुधकुण्ड नगरपालिकाको नगरसभाको १४ औ अधिवेशन मिति २०८१।०३।१० गतेबाट सुरु भएको छ ।
सोलुदुधकुण्ड नगरपालिकाको नगरसभाको १४ औ अधिवेशन आज सुरु भएको छ । सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक र सोलुदुधकुण्ड नगरपालिकाको सार्वजनिक निजि साझेदारी विधेयक प्रस्तुत गरिएको छ । आगामी आर्थिक वर्षको लागि ६७ करोडको बजेट प्रस्तुत गर्नुका साथै नगरपालिकाले पहिलो कार्यकालमा हासिल गरेको मुख्य मुख्य उपलब्धिको दस्तावेज सोलुदुधकुण्ड नगरपालिकाको पाँच वर्ष नामक पुस्तकको समेत सार्वजनिक गरिएको छ ।