सोलुदूधकुण्ड नगरपालिकाको संक्षिप्त परिचय

सोलुखुम्बु जिल्लाकै एक मात्र नगरपालिका तत्कालिन बेनी, लोदिंग, तामाखानी, सल्लेरी र गार्मा गा. वि. स. मिलेर दुधकुण्ड नगरपालिकाको स्थापना बिक्रम सम्बत २०७१ मंसिर १७ गते भएको थियो । पुर्वाञ्चल विकास क्षेत्रमा रहेको यस नगरपालिका २७° ५०′ २१″ उत्तरी अक्षांश र ८६° ५८′ ६१″  पुर्बी देशान्तरमा अवस्थित छ । तत्कालिन नगरपालिकाको क्षेत्रफल २५४.३ वर्ग किमी रहेकोमा मिति २०७३ साल फाल्गुन २७ गते तत्कालिन टाक्सिन्दु, केरुंग, गोराखानी र टापटिंग समाबेश भई सोलुदुधकुण्ड नगरपालिका कायम रहेको छ ।  २०६८ सालको जनगणना अनुसार यस नगरपालिकाको जनसंख्या २०३९९ र क्षेत्रफल ५३८.०९ वर्ग किलोमिटर रहेकोमा मिति २०७४-११-१४ गते तिङला गा.बि.स. समेत समावेश भई नगरपालिकाको कुल जनसङ्ख्या २४३२३ र क्षेत्रफल ५६५.०६ वर्ग किलोमिटर कायम रहेको छ ।

कार्यपालिकाको बैठक बस्ने सम्बन्धमा ।

आवश्यक विवरण उपलब्ध गराउने सम्बन्धमा ।

सम्पत्ति विवरण बारे ।

सिसि क्यामरा खरिद सम्बन्धी सूचना संशोधन गरिएको बारे ।

Pages