FAQs Complain Problems

नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाज्यूबाट आप्रवासी श्रोत केन्द्रको उद्घाटन भएको छ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नका लागि नेपाल सरकार श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालय र सोलुदुधकुण्ड नगरपालिकाको सहकार्यमा स्थापना भएको आप्रवासी श्रोत केन्द्रको सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाज्यूबाट आज उद्घाटन भएको छ। राहदानी बनाउन आउने नागरिकलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा स्थापना गरिएको उक्त आप्रवासी स्रोत केन्द्रबाट सोलुदुधकुण्ड नगरपालिका मात्रै नभई जिल्लाका सबै पालिकाका नागरिकहरुले आवश्यक जानकारी तथा परामर्श लिन सक्नु हुनेछ ।