सोलुदुधकुण्ड नगरपालिका क्षेत्र अन्तर्गतका विभिन्न बस्तिपरिसरमा सरसफाई कार्यक्रम निरन्तर रूपमा सञ्चालन भई रहेको छ। यस कार्यक्रमको उद्देश्य स्थानीय क्षेत्रमा स्वच्छ, स्वस्थ र आकर्षक वातावरण कायम गर्नुका साथै नागरिकहरूमा सरसफाईप्रति सचेतना अभिवृद्धि गर्नु हो।
सरसफाई अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहभागीहरू, स्थानीय बासिन्दा, सामाजिक संघसंस्था तथा स्वयंसेवकहरूलाई सोलुदुधकुण्ड नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।