FAQs Complain Problems

फोटो ग्यालरी

अविरल वर्षाका कारण सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानीस्थित एक घर पहिरोले पुरिएको छ।
घटनापछि स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा, नेपाल प्रहरी र नगर प्रहरीको सक्रिय सहभागितामा उद्धार कार्य सञ्चालन गरिएको छ। साथै पीडित परिवारलाई सुरक्षित स्थानमा सारेर तत्काल आवश्यक राहत सामग्रीहरू प्रदान गरिएको छ।

, , , ,

अविरल वर्षाका कारण सोलुदुधकुण्ड नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको नेतृत्वमा पुगेको टोलीले अवरुद्ध स्थलहरूको निरीक्षण गरेको छ। लगातारको वर्षाले सडकका विभिन्न भागमा पहिरो र माटोको थुप्रोका कारण यातायात अवरुद्ध भएपछि नगरपालिकाले तत्काल प्रभावमा उद्धार कार्य सुरु गरेको हो।
नगर प्रमुखले नगरवासीको सुरक्षालाई प्राथमिकता दिँदै सबै वडामा सडक तथा आवागमन व्यवस्थित बनाउन आवश्यक सहयोग र समन्वय जारी रहने बताउनुभयो।

, , , ,

नगर शिक्षा शाखाद्वारा नगरक्षेत्रभित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूको शैक्षिक सत्र २०७४ देखि २०८१ सम्मको SEE (माध्यमिक शिक्षा परीक्षा) नतिजा सम्बन्धमा नगर प्रमुख तथा उपप्रमुखको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापकहरू तथा सम्बन्धित वडाका वडा अध्यक्षहरूसँग अन्तरक्रिया तथा समीक्षात्मक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

, , , ,

सोलुदुधकुण्ड नगरपालिका नगरसभाको चौधौं अधिवेशन सम्पन्न भएको छ । यस अवसरमा चालु आर्थिक वर्षमा सबभन्दा बढी राजश्व संकलन गर्ने ६ नम्बर वडा कार्यालयलाई पुरस्कार प्रदान गर्नुका साथै नगरपालिकाबाट एस ई ई २०८० मा सहभागी भई नगरस्तरमा प्रथम दोश्रो र तेस्रो हुने विधार्थी तथा जिल्लास्तरमा तेश्रो हुने विधालयलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

, , , , , , , , ,

सोलुदुधकुण्ड नगरपालिका क्षेत्र भित्रका कृषक, कृषक समूह/समिति/ कृषि सहकारी संस्था, कृषि व्यवसायिक फर्म/व्यवसायीहरुलाई मिति २०८१/०३/२३ गते निःशुल्क बहुवर्षीय घाँसको बेर्ना/सेट्स वितरण गरिएको छ ।

, , ,

आज मिति २०८१/३/२१ गतेका दिन सोलुदुधकुण्ड नगरपालिका र कृषकको लागत साझेदारीमा चौरी प्रवर्द्धन कार्यक्रम गर्ने उद्देश्यले विभिन्न सामग्री वितरण गरिएको छ । नगर प्रमुख श्री नाम्गेल जाङ्बु शेर्पाज्यूको अध्यक्षतामा संचालित कार्यक्रममा नगरपालिका क्षेत्रका ४४ कृषकहरुलाई सोलार, त्रिपाल, लगायतका सामग्रीहरु वितरण गरिएको छ ।

, , , ,

सोलुदुधकुण्ड नगरपालिकाको नगरसभाको १४ औ अधिवेशन आज सुरु भएको छ । सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक र सोलुदुधकुण्ड नगरपालिकाको सार्वजनिक निजि साझेदारी विधेयक प्रस्तुत गरिएको छ । आगामी आर्थिक वर्षको लागि ६७ करोडको बजेट प्रस्तुत गर्नुका साथै नगरपालिकाले पहिलो कार्यकालमा हासिल गरेको मुख्य मुख्य उपलब्धिको दस्तावेज सोलुदुधकुण्ड नगरपालिकाको पाँच वर्ष नामक पुस्तकको समेत सार्वजनिक गरिएको छ ।

, , , , ,

Pages