FAQs Complain Problems

नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको नेतृत्वमा पुगेको टोलीले अवरुद्ध स्थलहरूको निरीक्षण

अविरल वर्षाका कारण सोलुदुधकुण्ड नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको नेतृत्वमा पुगेको टोलीले अवरुद्ध स्थलहरूको निरीक्षण गरेको छ। लगातारको वर्षाले सडकका विभिन्न भागमा पहिरो र माटोको थुप्रोका कारण यातायात अवरुद्ध भएपछि नगरपालिकाले तत्काल प्रभावमा उद्धार कार्य सुरु गरेको हो।
नगर प्रमुखले नगरवासीको सुरक्षालाई प्राथमिकता दिँदै सबै वडामा सडक तथा आवागमन व्यवस्थित बनाउन आवश्यक सहयोग र समन्वय जारी रहने बताउनुभयो।