FAQs Complain Problems

पहिरोबाट पीडित परिवारलाई सुरक्षित स्थानमा सारेर तत्काल आवश्यक राहत सामग्रीहरू प्रदान

अविरल वर्षाका कारण सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानीस्थित एक घर पहिरोले पुरिएको छ।
घटनापछि स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा, नेपाल प्रहरी र नगर प्रहरीको सक्रिय सहभागितामा उद्धार कार्य सञ्चालन गरिएको छ। साथै पीडित परिवारलाई सुरक्षित स्थानमा सारेर तत्काल आवश्यक राहत सामग्रीहरू प्रदान गरिएको छ।